Wednesday 31 December 2014

नयाँ वर्ष

पूरानो वर्ष बित्यो, नयाँ वर्ष आयो
बनावटि भएपनि,सबैमा हर्ष आयो।

नयाँ संकल्प, नयाँ प्रण लिनेको होड
गल्ति नदोहर्याउने निष्कर्ष आयो।

कति जुटे कति फुटे सम्बन्धहरु
नौलो सम्बन्ध र मिठो स्पर्श आयो।

रक्सिले मात्तिएका वरिष्ठको मुखबाट
नैतिकताका कुरा र चिल्ला आदर्श आयो।






Monday 29 December 2014

जिवन रित्तो

यी चिसा रातहरु, अनिदै बिताईदिन्छु
यो जिवन तिमिलाई सम्झिदै बिताईदिन्छु

सुखद कल्पनाका विष घोलि यी मेरा आँखामा
तिमि कहाँ बिलिन भयौ अन्जान पाखामा
श्रावण झै आँसुले जिवन बर्सिदै बिताइदिन्छु।

मोहपासको जालो बुनि, फसाएर यो मनलाई
स्मृतिका कठोर सिक्रिले बाँधेर मेरा स्मरणलाई
अब त कैदि झैं जिवन, थल्लिदै बिताईदिन्छु।

निरन्तर भाग्न खोज्छु म, आफैबाट कता कता
तर पछ्याउछन ती छाँयाहरु तिम्रा पुग्छु जता जता
अब त यो निर्दयी जिवन म रित्तै बिताईदिन्छु।

Monday 1 December 2014

नौलो विहानी



जब जाग्छौ जिन्दगीमा, तब सुरु भो नौलो विहानी
हिजोको दिन बिर्सिदेऊ, आज सुरु भो नयाँ कहानी ।

मौसम आउछ जान्छ, परिवर्तन हुन्छ हरेक पल
सक्दैनौ भने स्विकार्न अनित्यलाई तब हुन्छ हानी ।

चञ्चले यो मन जताततै घुम्दछ, क्लेश फैलाई
छाडा यो मन नियन्त्रण नगरे यसले गर्छ मनोमानी 

राग, द्वेष, मोहनै हुन् हामीलाई दुःखमा खसाल्ने
जसले यो बोध गर्न सक्दछ उ बन्दछ महाज्ञानी।

बुझ्न सके धर्मलाई मुक्तिको बाटो सहज छ
अन्धविश्वासमा पर्छौ भने, जिवन हुन्छ खरानी।
मेहनत गरें, पसिना बगाएँ अब त सुख होला
कताबाट आयो कसरी आयो, यो दुखको खोला

परिवारबाट छुट्टिएर बसें, भविष्य सुनौलो पार्न
एक छाक खाएरै बिते दिन, चाडपर्व तार्न
तै पनि आज किन हो, खाली छ खुशीको झोला

पैसा, नगद गरगहना टन्नै जोडें मैले
तेहि जोड्ने सिलसिलामा नैतिकता तोडें मैले
आज पोल्दैछ मन,धन हो कि आगोको गोला

धेरै पाउने चाहनामा थोरै पनि गुमाएँ
ईच्छा,मोहको जाञ्जालमा आफैलाई घुमाएँ
अब त लाग्दैछ दुःख नै हो मान्छेको चोला।