Monday 29 December 2014

जिवन रित्तो

यी चिसा रातहरु, अनिदै बिताईदिन्छु
यो जिवन तिमिलाई सम्झिदै बिताईदिन्छु

सुखद कल्पनाका विष घोलि यी मेरा आँखामा
तिमि कहाँ बिलिन भयौ अन्जान पाखामा
श्रावण झै आँसुले जिवन बर्सिदै बिताइदिन्छु।

मोहपासको जालो बुनि, फसाएर यो मनलाई
स्मृतिका कठोर सिक्रिले बाँधेर मेरा स्मरणलाई
अब त कैदि झैं जिवन, थल्लिदै बिताईदिन्छु।

निरन्तर भाग्न खोज्छु म, आफैबाट कता कता
तर पछ्याउछन ती छाँयाहरु तिम्रा पुग्छु जता जता
अब त यो निर्दयी जिवन म रित्तै बिताईदिन्छु।

No comments:

Post a Comment