Monday 1 December 2014

मेहनत गरें, पसिना बगाएँ अब त सुख होला
कताबाट आयो कसरी आयो, यो दुखको खोला

परिवारबाट छुट्टिएर बसें, भविष्य सुनौलो पार्न
एक छाक खाएरै बिते दिन, चाडपर्व तार्न
तै पनि आज किन हो, खाली छ खुशीको झोला

पैसा, नगद गरगहना टन्नै जोडें मैले
तेहि जोड्ने सिलसिलामा नैतिकता तोडें मैले
आज पोल्दैछ मन,धन हो कि आगोको गोला

धेरै पाउने चाहनामा थोरै पनि गुमाएँ
ईच्छा,मोहको जाञ्जालमा आफैलाई घुमाएँ
अब त लाग्दैछ दुःख नै हो मान्छेको चोला।

No comments:

Post a Comment